Admin Login

गन्यापधुरा गाउँपालिका गणेशपुर, डडेल्धुरा , सुदुरपश्चिम प्रदेश, नेपाल डिजिटल प्रोफाईल सिस्टम

  • 9858788707
  • info@ganyapadhuramun.gov.np, ito@ganyapadhuramun.gov.np
  • गृह पृष्ठ
  • परिचय
  • चिनारी
  • संस्थागत बिबरण
1. परिचय
१.१ पृष्ठभूमि

गन्यापधुरा गाउँपालिका सुदुरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा अवस्थित छ। यो गाउँपालिका साविक असिग्राम, गणेशपुर, मष्टामाण्डौ र कैलपालमाण्डौ गरी जम्मा ४ वटा गाउँ विकास समितिहरू समाहित गरी गठन भएको हो। २०७८ सालको जनगणना अनुसार यस गाउँपालिकाको कुल जनसङ्ख्या १३,७२२ रहेको छ, जसमा पुरुष ६,०६४ र महिला ७,६५८ रहेका छन्। यसको क्षेत्रफल १३५.६५ वर्ग किलोमिटर रहेको छ। गाउँपालिकाको केन्द्र गणेशपुरको बडालमा रहेको छ। साविकका चारवटै गाउँ विकास समितिको भौगोलिक अवस्था तथा जनसङ्ख्या समाहित गरी यस गाउँपालिकालाई ५ वटा वडामा विभाजन गरिएको छ। भौगोलिक रूपमा यो गाउँपालिका करिब २९ डिग्री २१ मिनेट उत्तरी अक्षांश र ८० डिग्री पूर्वी देशान्तरको क्षेत्रमा अवस्थित छ।

  • गृह पृष्ठ
  • चिनारी